खाँडादेवीमा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा रामेछापको खाँडादेवी गाउँ पालिकाका विभिन्न वडामा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

देशभर कोरोना महामारी फैलिरहेका बेला त्यसको नियन्त्रण र रोकथामका लागि खाँडादेवीमा सिटामोल,भिटामीन सी,मास्क,स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

सो स्वास्थ्य सामग्री वितरणमा सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेस्ठ ,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामकृष्ण ढुंगेल, क्षेत्रिय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठ, नेपाल तरुण दलका क्षेत्रीय उपाध्यक्ष सुजन ढुङ्गेल, नेबिसंघ काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष बिष्णु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सो स्वास्थ्य सामग्री गाउँपालिकाको वडा नम्बर ३,४ र ५ मा वितरण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?