काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ ।
हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि सर्वोच्च नजाने तय भएको एमाले नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
उनले गर्न बाँकी आवश्यक प्रक्रिया पूरा गरेर भोलि १० बजे सर्वोच्च जाने तय भएको जानकारी दिए ।
त्यस्तै संसद विघटनविरुद्ध रिट दर्ताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधव कुमार पक्षका २० जना सांसदहरुको हस्ताक्षर जुटेको छ ।
संसद विघटनविरुद्ध रिट दर्ताका लागि विपक्षी गठबन्धनले थालेको हस्ताक्षर संकलनमा नेपाल पक्षका २० सांसदहरुले हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया