शेयर बजारमा ऐतिहासिक रेकर्ड : ११ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

आइतवार नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेर कारोबार रोकिएको छ ।

संसद विघटन भएसँगै राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्ने आँकलन गरिए पनि बजारमा हालसम्मकै बढी कारोवार भएको छ । आइतवार होटल,निर्जीवन बीमा कम्पनी,लघुवित्त वित्तीय संस्था लगायतको बाहेक अरु सबै उपसमुहको कारोबार बढेको छ । सबैभन्दा बढी विकास बैंक उपसमुहको कारोबार ७.५४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी क्षेत्रको ०.०९ प्रतिशतले बढेको छ ।

आइतवार ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ५१ लख ६३ हजार ६६० कित्ता शेयर किनबेच भएको छ । आइतवार १ लाख २६ हजार १२४ वटा कारोबार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?