काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको निर्णय अमान्य हुने बताएका छन् ।
पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित गरिएको जानकारी भन्दै उपेन्द्र पक्षले गरेको निर्णय अमान्य हुने बताए ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो । तर महन्थ पक्षले बैठक स्थगित गरेपनि उपेन्द्र पक्षले बैठकलाई निरन्तरता दिने निर्णय गर्दै दुई दिन बैठक बसेको छ ।
‘अतः जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यसको कथित बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’ महन्थले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया