पत्रकार गौतमलाई उपचारको लागि दोलखाबाट काठमाडौं ल्याइयो

काठमाडौं । दोलखाका पत्रकार रविन्द्र गौतमलाई स्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

केही दिनदेखि सामान्य ज्यरो रुघाखोकीको सामना गरेका गौतमलाई आज एक्कासीसमस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो। उनलाई कोभिड–१९ को आशंकामा आज एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएको चरिकोट अस्पतालले जनाएको छ । उनको फोक्सोमा समस्या भएको जनाइएको छ ।

पत्रकार गौतम दोलखाबाट प्रसारण हुने रेडियो भीमेश्वरको स्टेशन म्यानेजर तथा दोलखाबाट अन्नपूर्ण पेष्ट दैनिकमा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?