सरकारप्रति कमल थापाको फेरियो बोली, नागरिकता सम्बन्धी अध्यादेशप्रति आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रपतिले जारी गरेको नागरिकता विद्येयकको बारेमा आपत्ति जनाएका छन् ।

संसदमा विचाराधिन हुँदाहुँदै सत्ता स्वार्थका लागि नागरिकता जस्तो संवेदनशील विषयमा प्रर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् । साथै राजनीतिक अस्थिरताकाबीच ल्याइएको अध्यादेशको भर्त्सना गर्दै फिर्ताको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्-  ‘नागरिकता विधेयक संसदमा विचाराधिन छ।तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बिच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु।यो राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’ 

यसअघि निरन्तर सरकारको बचाउमा लाग्दै निर्वाचन माग गरेका थापा एकाएक अध्यादेश प्रकरणबाट रुष्ट देखिएका छन् ।

यसअघि मे १४ मा एक ट्वीट गर्दै थापाले एमाले एकता कायम राख्न भन्दै यो शक्ति कमजोर हुन नहुने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै मे १५ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै नमुनालायक का मगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?