काठमाडौं । आज दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बतायो ।
त्यस्तै आज राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि महाशाखाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया