काठमाडौं। फ्रेन्च लिग-१ मा गए राति भएको अन्तिम चरणको खेलमा एन्जर्सलाई पराजित गर्दै लिलले उपाधि जितेको छ।
उता ब्रेष्टमाथि जितको नतिजा निकालेको पीएसजी भन्दा मात्र १ अंक बढी बटुल्दै लिलले १ दशक पछि घरेलु लिग उपाधि जितेको हो।
एन्जर्समाथि लिलले २-१ गोल अन्तरको जित हासिल गरेको थियो। ब्रेस्टलाई २-० ले पराजित गरेको पीएसजीको जित महत्वहीन भएको थियो।
सन् २०११ पछि लिलको यो पहिलो लिग उपाधि हो। त्यस बेला एडेन हजार्डले लिलका लागि उपाधि जितेका थिए। उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
लिलले ३८ खेलमा ८३ अंक बटुलेको छ। क्लब इतिहासमै लिलको यो उत्कृष्ट सिजन रह्यो। लिलले यस सिजनमात्र ३ खेलमा हार बेहोरेको थियो।
लिलका प्रशिक्षक क्रिस्टोफर गाल्टियरको यो पहिलो लिग उपाधि हो। आईतवारको खेल उनको लिलको प्रशिक्षकको भुमिकामा अन्तिम खेल पनि रह्यो। उनी अर्को सिजन लिग १ कै प्रतिद्वन्दी ‘निस’को प्रशिक्षण सम्हाल्न गइरहेका छन्।
टर्कीको क्लब बेसिकतासबाट यसै सिजन लिल आएका ३५ वर्षीय स्ट्राइकर वुराक यीलमाजले यस सिजन १६ लिग गोल गरे।
पीएसजीको यो ९ वर्षमा मात्र दोस्रो उपाधि हार हो। सन् २०१६/१७ सिजनमा मोनाकोले उपाधि जित्दा पीएसजी उपाधि विहिन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया