काठमाडौं। क्रिस्टियानो रोनाल्डो ‘सिरी-ए’, ‘ला-लिगा’ र ‘प्रिमियर लिग’मा सर्वाधिक गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
३६ वर्षीय रोनाल्डोले ‘सिरी-ए’को अन्तिम खेल नखेल्दा पनि उनले सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा रहेका रोमेलु लुकाकु भन्दा ५ गोल बढी गर्न सफल भएका छन्।
यसैबिच अन्तिम खेल बेन्चमै बिताएका क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान रचेका छन्। उनी यस सिजन ‘सिरी -ए’का सर्वाधिक गोलकर्ता बनेका छन्। उनले यस सिजन २९ गोल गरे।
यसैबिच रोनाल्डो ‘सिरी-ए’, ‘ला-लिगा’ र ‘प्रिमियर लिग’मा सर्वाधिक गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
पोर्चुगिज कप्तान रोनाल्डोले यसअघि सन् २००७/०८ मा इंग्लिश क्लब म्यानचेष्टर युनाइटेडसँग ‘गोल्डेन बुट’ जितेका थिए। त्यस्तै सन् २०१०/११, २०१३/१४ र २०१४/१५ मा उनले रियल मड्रिडसँग ‘पिचिचि अवार्ड’ पनि जितिसकेका छन्।
रोनाल्डोले युभेन्टसका लागि ९७ खेलमा ८१ गोल गरिसकेका छन्। उनी सन् २०१८ मा रियल मड्रिड छोडेर युभेन्टस आएका थिए।
यसैगरी अन्तिम दिनको खेलमा युभेन्टसले बोलोग्ना लाई ४-१ गोलले पराजित गर्दै लिगमा चौथौं स्थान ओगटेको छ। नापोली आफ्रनो अन्तिम खेलमा हेलास भेरोनासँग बराबरीमा रोकिँदा युभेन्टसले अर्को सिजनका लागि च्याम्पियन्स लिग फुटबल सुनिश्चित गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया