काठमाडौं । वरिष्ठ साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेकी डा गिरीको सोमवार आफ्नै निजी निवास मीन भवनमा निधन भएको हो ।
नेपाली साहित्यमा पहिलोपटक विद्यावारिधी गर्ने पहिलो महिला गिरीको थुप्रै कृतिहरु प्रकाशित रहेको छ ।
उनको एउटा जिउँदो जंगबहादुर, जीवनः थामहरु, शब्दातीत शान्तुन र काठमाडौं जस्तता कविता सङग्रह लगायतका कृतीहरु प्रकाशित रहेका छन् । त्यस्तै कारागार र निर्बन्ध उपन्यास समेत प्रकाशित रहेका छन् । भने डा गिरीले साझा लगायतका दर्जनौ पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
उनको जन्म भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा भएको थियो ।
स्वर्गीय गिरीका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । उनको आजै अन्त्येष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया