स्वास्थ्य सम्बन्धी अध्यादेशपछि काठमाडौं प्रशासन थप कडा, पालना नभए १ वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गराउन कडा रुपमा प्रस्तुत भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जिप्रपा काठमाडौंले आम नागरिकहरुले अध्यादेश कार्यान्वयनामा सहयोग गर्न र कार्यान्वयन नगरेमा विभिन्न सजाय गर्ने बताएको छ ।

अध्यादेश बमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद र पाँचलाखसम्म जरिवाना हुने बताइएको छ ।

त्यस्तै उक्त अध्यादेश जारी भएको मापदण्ड पालना नभएमा ६ महिना कैद र तीन लाख जरिवाना र दुवै समेत हुनसक्ने जिप्रकाले जनाएको छ ।

‘कसैले यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ‘, जारी विज्ञप्तिमा भनिएको छ। ‘यो अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसँम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

त्यस्तै उक्त अध्यादेश विपरितको का मगर्ने संस्था वा व्यवसायलाई माथि उल्लेख भएको सजायको अतिरिक्त ६ महिनासम्म बन्द हुनेसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?