१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख बजेट, कुनलाई कति ?

काठमाडौं । सरकारले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पीसीआर मेसिन खरिदका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले सो बजेट १२ वटा अस्पतालका लागि उपलब्ध गराउने निर्णय गरेको हो । जसमध्ये त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको अर्थमन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामाग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?