काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा ४ सातापछि कोरोना संक्रमणको जोखिम कम हुँदै जाने बताएका छन् ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले विज्ञहरुले भनेको आधारमा ४ हप्तापछि केहि सहज हुँदै जाने बताए ।
त्यस्तै नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सोचेभन्दा छिटो फैलिएको बताए ।
नेपालमा निषेधाज्ञा रहेपनि मानिसहरु आवतजावत भइरहेको र कार्यालयहरु समेत खोलिएको कारण पनि कोरोना संक्रमणको जोखिम बढेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया