काठमाडौं। स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस राष्ट्रिय टोलीमा पर्न असफल भएका छन्।
सोमवार स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले आगामी ‘युरो कप २०२०’ का लागि २४ सदस्सीय टोलीको घोषणा गर्दा कप्तान तथा रक्षापंक्तिका प्रमुख पात्र रामोसलाई टोलीमा समावेश गरेनन्।
३५ वर्षीय रामोस यस सिजन इन्जुरीका कारण पटक पटक रियल मड्रिडको टोलीबाट बाहिरिन पुगेका थिए। सिजनको दोस्रो हाफमा मात्र ४ खेल खेलेका रामोस युरो कपको टोलीमा पर्न असफल भएका हुन्।
एनरिकेले रामोस जस्ता व्यक्तित्वलाई टोलीमा समावेश नगर्नु ठूलो निर्णय हो। स्पेनसँग एक विश्वकप फुटबल र दुई युरो कप जित्न सफल रामोसको स्थानमा उनले म्यानचेष्टर सिटीका डिफेन्डर आइमेरीक लापोर्टलाई टिममा समेटेका छन्।
यसै महिना स्पेनको नागरिक बनेका लापोर्टले विभिन्न उमेर समूहमा फ्रान्सको लागि फुटबल खेलेका छन्। फ्रान्सको राष्ट्रिय टोलीमा सन् २०१५ देखि अटाउन नसकेका लापोर्टलाई यसै महिना स्पेनको लागि खेल्ने अनुमति दिइएको थियो।
स्पेनको राष्ट्रिय टोली यस्तो रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया