कोरोना संक्रमणबाट डिएसपी समीरचन्द्र खरेलको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ ।

डिएसपी खरेलको उपचारको क्रममा सोमवार (आज) नेपाल प्रहरी अस्पतालमा निधन भएको हो ।

संगठनमा इमान्दार रहेका स्वर्गीय खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत रहेका थिए ।

यसअघि जेठ ६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणको कारण ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?