कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा. जागेश्वर गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन् ।

उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सह – प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

सरकारले जेठ ६ गते ल्याएको कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मार्फत् वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?