गोली लागि घाइते भएका माओवादी जिल्ला नेता पाण्डेको निधन

कपिलवस्तु । गत बुधबार राति गोली प्रहारबाट घाइते भएका नेकपा(माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेको निधन भएको छ ।

उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछिसोमबार साँझ मात्रै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घरतर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकलमा सवार तीन जनाले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ । घटनाको मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् ।

पाण्डेसँगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?