नेपाली राष्ट्रिय फुटबल टोली आज इराक प्रस्थान गर्दै

काठमाडौं।  नेपाली राष्ट्रिय फुटबल टोली आज, ‘जेष्ठ ११’ गते इराकतर्फ प्रस्थान गर्दैछ।

फिफा विश्वकप तथा एसियन कप छनोटका बाँकि खेल खेल्नु अगाडि यही ‘मे २९’ तारिखमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।

‘बसरा’ रंगशालामा नेपालले इराकसँग सन् २००१ पछि पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। यस अघि नेपाल र इराक बिच ३ खेल खेलिएको छ जसमा हरेक पटक इराकको तराजु भारी देखिएको छ।

फिफा वरियतामा नेपाल भन्दा १०२ स्थान माथि रहेको इराकविरुद्धको खेल नेपाललाई निकै नै चुनौतीपूर्ण हुनेछ। फिफा वरियतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६९औं स्थानमा रहेको छ।

मंगलवार राति १० बजे ३५ सदस्सीय टोली इराक प्रस्थान गर्न लागेका हुन्, जसमा २३ खेलाडी रहेका छन्। नेपाली राष्ट्रिय टोलीले कतार एयरवेजको विमानबाट यात्रा गर्दैछ। यसैबीच यात्रा गर्न लागेका हरेक राष्ट्रिय टोलीका सदस्यको कोरोना प्रशिक्षणका लागि गरिएको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आइसकेको छ।

इराकबाट नेपाली टोली कुवेत प्रस्थान गर्नेछ। विश्वकप तथा एसिया कप छनोटका बाँकि खेल खेल्न गइरहेको नेपालको २३ सदस्सीय टोलीमा यस पटक अधिकतम युवा खेलाडी रहेका छन्। नेपाल राष्ट्रिय टोलीका नयाँ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यकालको शुरुवात पनि यही चुनौतीपुर्ण खेलबाट हुँदैछ।

कुवेतमा हुने विश्वकप छनोटका बाँकि खेलमा नेपालले जुन ३ मा चाइनिज ताईपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता सक्काएर नेपाली टोली जुन १२ तारीखमा स्वदेश फिर्ता आउने कार्यक्रम रहेको छ।

नेपाली टोली

गोलरक्षक: किरण चेम्जोङ, दिप कार्की, विशाल सुनार

डिफेन्डर: दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, विकास खवास

मिडफिल्डर: विशाल राई, मनिष डाँगी, सन्तोष तामाङ, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, सुनिल बल, आयुष घलान, एरिक विष्ट, कमल थापा, सुनिल बल

फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा, नवयुग श्रेष्ठ

 

तस्वीर : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?