काठमाडौं । संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा परेको रिटको आज सुनुवाई नहुने भएको छ ।
सोमवार कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्च आदलतले मंगलवार ९आज० का लागि दुई वटा मात्र इजलास तोकिएका छन् । तर ति दुवै इजलासमा संसद विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिट समावेश गरिएको छैन ।
शुक्रवार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरोधमा उत्रिएको विपक्षी गठबन्धनका सांसदहरुले सोमवार ९हिजो० सर्वोच्चमा सशरीर उपस्थित भइ रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया