काठमाडौं । प्यूठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । प्यूठान नगरपालिकास्थित रातामाटा सामुदायिक वनमा एकै परिवारका आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवी प्रसाद गैरेले लोकपथलाई बताए ।
१ वर्षका सुशान्त सुनार ६ वर्षकी प्रकृति सुनार र २६ वर्षकी गायत्री सुनार रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
‘बिहानै खवर आयो हाम्रो टोली घटनास्थल पुग्दा स्थानियबासीहरु पनि हुनुहुन्थ्यो । उनीहरुको शव जंगलको एउटै रुखमा तीनवटा पासोले झुण्डिएको अवस्थामा थियो ।’ सूचना अधिकारी गैरेले बताए ।
‘परिवारसँगको सोधपुछबाट उनीहरु हिजो सोमवार करिब १ बजे घरबाट माइती जान्छु भनेर हिँडेका थिए । उनका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा रहेका छन् ।’ सूचना अधिकारी गैरेले बताए ।
मृतकको घर र घटना स्थल करिब १ घण्टाको दूरीमा रहेको छ ।
‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या हो वा होइन भन्न सक्ने अवस्था छैन् । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान पठाएका छौं ।’ सूचना अधिकारी गैरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया