विरगंजमा भीम रावल‍को पुतला दहन

विरगञ्ज । विरगञ्जमा नेकपा एमालेका नेता भिम रावलको पुत्ला दहन गरिएको छ ।

नेता रावलले भ्रमपूर्ण प्रचार गरि सम्प्रदायीकता भडकाउन खोजेको आरोप लगाउँदै युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रावल‍को पुत्ला दहन गरिएको हो।

उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं(लाख युवा(युवतीहरुलाई विभिन्न बहाना रजालझेलको आडमा अनागरिक बनाई राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।’

मंगलवार विरगञ्जमा भेला भएका युवाहरुले नागरिकता सम्बन्धी अध्यादेशमा नेताहरुको गलत टिकाटिप्पणी रहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

त्यस्तै नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित बनाउन खोजेको र तराई(मधेशमा नागरिकताको पसल खुल्यो भन्ने जस्ता भ्रमहरुबाट मुक्त हुन पनि आग्रह गरिएको छ ।

लाखौ नागरिक राज्य विहिनता महसुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न उक्त अध्यादेश ल्याएको बताउँदै नेता रावलले त्यसको विरोध गरेकाले पुत्ला दहन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?