काठमाडौं। बंगलादेश र श्रीलंका बिच भइरहेको एकदिवसिय क्रिकेट शृङ्खलाको उपाधि आयोजक राष्ट्र बंगलादेशले जितेको छ।
मंगलवार ढाकाको ‘शेरे बांग्ला स्टेडियम’मा खेलिएको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशका लागि भेट्रान विकेट किपर ब्याट्सम्यान मुश्फिकुर रहिमले १२५ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै महमदुल्लाहको ४१ रनको योगदानमा बंगलादेशले श्रीलंकाविरुद्ध ४८.१ ओभरमा सबै विकेट गुमाएर २४६ रनको योगफल तयार गरेको थियो।
वर्षाले निकै प्रभावित खेलमा श्रीलंकाले राम्रो ब्याटिङ गर्न सकेन। ओपनर ब्याट्सम्यान गुनाथिलकाको २४ रनको योगदान नै सर्वाधिक रहँदा श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्र जोड्न सक्यो।
‘डक्वर्ड लुइस’ नियमद्वारा बंगलादेशले हिजोको दोस्रो एकदिवसीय खेल १०३ रनको विशाल अन्तरले जितेको हो। यस जितसँगै ३ खेलको एकदिवसीय श्रृंखला बंगलादेशले एक खेल अगावै जितेको छ। पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले श्रीलंकालाई ३३ रनले पराजित गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया