काठमाडौं । तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकार जोगिने भएको छ ।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएसँगै तत्कालका लागि संकट टरेको हो ।
आज बसेको सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएमा सरकार बन्न कठिन हुने अवस्था आउने भएकाले समर्थन फिर्ताको निर्णय नलिने निर्णय गरेको हो । त्यस्तै अहिले बढिरहेको कोरोना जोखिम न्यूनिकरणका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको समेत बताइएको छ ।
केन्द्रमा एमाले र माओवादी केन्द्र अलग अलग भए पनि सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । एमाले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि दवाब दिएपनि प्रदेशमा भने एमालेले समर्थन फिर्ता लिएको थिएन् ।
त्यसको विषयमा छलफलका लागि मंगलवार बैठक बस्न खोजेपनि बैठक बस्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया