काठमाडौं । नेकपा एमालेको संसदीय दलले पार्टीको आधिकारीक निर्णय नआएसम्म प्रदेश सरकारलाई समर्थन कायम राख्ने भएको छ ।
आज बसेको बैठकले माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टको सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेको हो ।
‘अहिले पार्टीको आधिकारीक पत्र आएको छैन । दलको कार्यालयलाई पनि जानकारी छैन । त्यसैले वर्तमान अवस्थालाई ध्यानमा राख्दै अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता नलग्ने निर्णय भएको छ’ दलका नेता तथा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने –‘महामारी, प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम लगायतलाई ध्यानमा राख्दै हामीले परिपक्व निर्णय गरेको हौं ।’
उनले बैठकमा प्रदेश सरकारको कामको समिक्षा, प्रभावकारिता, सान्दर्भिकता लगायतका विषयमा छलफल भएको बताए । उनले दलको बैठकले सरकारलाई कोरोना रोकथाम, उपचार लगायतमा गम्भिर बन्न भनी सुझाव दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया