काठमाडौं । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रकका लागि करिब ४ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरीएको छ ।
कोभिड १९ रोकथाम र व्यवस्थापनका लागि नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली कांग्रेसका नेता जित शेरचन र काठमाडौं बस्दै आएका समाजसेवी विपिन मल्लको सक्रियतामा स्वास्थ्य सामाग्री खरिद गरिएको थियो ।
उक्त स्वास्थ्य सामाग्री दोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्यकर्मीको रोहोभरमा नेता शेरचनले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थिए ।
कोभिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेसिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेसनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको शेरचनले बताए । त्यस्तै अझैपनी स्वास्थ्य सामाग्री खरिद गरेर हस्तान्त्रण गर्ने प्रकृयामा भएको र स्वास्थ्य केन्द्रले आवस्यक पर्ने सामाग्रीको लिस्ट उपलब्ध गराएमा पुनः सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हस्तान्त्रण गरिएको सामाग्री बुझ्दै दोरपाटनका नगरप्रमुख नेपालीले आर्थिक सहयोगी दाता देवेन्द्र मल्ल र स्वास्थ्य सामाग्री खरिदमा सक्रियताका साथ अभियानमा भुमिका निर्वाह गर्ने नेता शेरचन र विपिन मल्ललाई धन्यवाद ज्ञापन गरे। मेयर नेपालीले विपत्तीको समयमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताउँदै नागरीकको जिवन रक्षा र सुरक्षामा सहयोगि दाताहरुको महत्वपूर्ण भुमिका रहने बताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक घनश्याम चालिसे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया