काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले बुधवार दिउँसो इराकको ‘बस्रा’ सहरमा ‘टचडाउन’ गरेको छ।
गए राति कतार एयरवेजको विमानबाट इराक प्रस्थान गरेको नेपाली राष्ट्रिय टोली आज अपरान्ह गन्तव्य पुगेको हो।
इराकसँग नेपालले यही ‘मे २९’ तारिखमा मैत्रीपूर्ण खेल खेल्दै छ। विश्वकप तथा एसिया कप क्वालिफायरका खेल खेल्न कुवेत प्रस्थान गर्नु अघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।
नेपाली टोली इराकसँग सन् २००१ पछि पहिलो पटक आमने सामने हुन लागेको हो। यस अघि यी दुई राष्ट्र बिच खेलिएका ३ खेलमा इराकले सबै खेल जितेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया