काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समक्षकीलाई कोभिड खोप उपलब्ध गराउन पहल गरिदिन पत्राचार गरेकी छिन् ।
बुधवार (आज) राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दसँग कोरोना खोप उपलब्ध गराउन पहल गरिदिन पत्राचार गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालमा खोप उपलब्ध गराउन आग्रह गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ। उक्त पत्रमा राष्ट्रपति भण्डारीले नेपालको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिएकी छन् ।
भारतले नेपाललाई हालसम्म १० लाख डोज खोप अनुदानमा दिएको छ । साथै नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरेको छ जसमध्ये हालसम्म नेपालमा १० लाख डोजमात्रै आइपुगेको छ ।
त्यस्तै आज नै राष्ट्रपति भण्डारीले खोपको सहजताका लागि चीनका राष्ट्रपति सी जिङ पिङसँग समेत टेलिफोन वार्ता गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया