काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस विरूद्धको खोप ल्याउन आज बुधवार राष्ट्रपति सी जीङपिङसँग टेलिफोन वार्ता गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सीसँग झन्डै ४५ मिनेट टेलिफोनमा संवाद भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कुराकानीकामा राष्ट्रपति भण्डारीले सबै नेपाली नागरिकहरुलाई पुग्ने खोप किन्न इच्छुक रहेको बताउँदै आवस्यक पहल गरिदिनुहुन अनुरोध गरेकी छिन् ।
राष्ट्रपति सी जीङपिङले मित्र राष्ट्र नेपाललाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए । चीनले नेपाललाई अहिलेसम्म कोरोनाभाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिएको छ ।
साथै राष्ट्रपति विद्यादेवी भण्डारीले आजै भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन भन्दै पत्राचार गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया