माधव नेपालसहित १५ स्थायी कमिटी सदस्यको एकै स्वर : ओलीविरुद्ध लाग्न अपील (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको कारवाहीमा परेका एमालेका माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध होमिन सामूहिक अपील गरेका छन् ।

आज एक अपील जारी नेता नेपालसहित झलनाथ खनाल ओलीका विरुद्ध निरंकुश र प्रतिगामी कामकारवाहीका विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान समेत गरेका छन् ।

‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’सार्वजनिक अपीलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?