काठमाडौं । सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको नाफा १.२१ प्रतिशतले घटेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले सार्वजनिक संस्थानहरुको नाफा घटेको देखाएको हो । आर्थिक वर्ष २०७६÷७७ मा सार्वजनिक संस्थानहरुले कुल ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्ष सार्वजनिक संस्थानहरुको नाफा १२.३६ प्रतिशतले बढेको थियो ।
त्यस्तै,लाभांश भुक्तानी दर बढेको छ । आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक संस्थानहरुको लाभांश भुक्तानी दर ४८.८७ प्रतिशतले बढेको छ । यस अवधिमा १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांश भुक्तानी भएको देखिएको छ । गत वर्ष लाभांश भुक्तानी दरमा ४.२८ प्रतिशतले घटेको थियो । आर्थिक सर्वेक्षण अनुसार कुल लाभांशमध्ये ४३.८२ प्रतिशत हिस्सा नेपाल टेलिकमको छ भने ३६.५६ प्रतिशत हिस्सा नेपाल आयल निगमको रहेको छ ।
त्यसैगरी,घाटामा जाने संस्थाको संख्या पुनःबढेको छ । आर्थिक सर्वेक्षण अनुसार १८ वटा संस्थान घाटामा रहेका छन् भने २४
त्यस्तै,संस्थानहरुमा सरकारको कुल लगानी ११.८२ प्रतिशतले बढेर ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । गत वर्ष संस्थानमा सरकारी लगानी २७.३६ प्रतिशतले बढेको थियो ।
त्यस्तै,उत्पादन, खानेपानी, विमानस्थल, प्रसारण लाइन निर्माण र वित्तीय क्षेत्रका केही संस्थानमा थप लगानी गरिएकाले कुल लगानी बढेको आर्थिक सर्वेक्षणले जनाएको छ । त्यस्तै,सेयर लगानी ६ प्रतिशतले बढेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया