लण्डन । बेलायतमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ ।
संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउन मुक्त हुने सम्भावना कम हुँदै गएको छ। सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउन सम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो चौबिस घण्टामा चार हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन गत अप्रिल १ तारिक पछिकै उच्च हो। यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७६८ पुगेको छ । मृतक संख्या भने खासै बृद्धि भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया