सिरहा । सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिटबाट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ ।
बिहीबार राति झगडा गरी सुतेका थिए । बिहान श्रीमतीको मृत्यु भएको अवस्थामा देखिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जानकारी दिए ।
मृतकको श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शप पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताकि २ छोरि रहेको स्थानीय रबि सदाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया