‘आईपीएल’का बाँकि खेल ‘युएई’मा हुने निश्चित

काठमाडौं।  १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकि खेलहरु ‘युएई’मा आयोजना हुने भएको छ।

कोरोना महामारीको दोस्रो लहरले भारतमा आक्रान्त मच्चाए पछि ‘आईपीएल’ गत महिना अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

विभिन्न देशहरूले ‘आईपीएल’का बाँकि खेल खेलाउने इच्छा व्यक्त गरेपनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘युएई’लाई नै आफ्नो रोजाईमा राखेको छ। गत वर्ष पनि ‘आईपीएल’का सम्पूर्ण खेल एक्लैले आयोजना गरेको ‘युएई’ले यस वर्षको ३१ वटा बाँकि खेलहरु २५ दिनमा सम्पन्न गर्ने तयारी गर्दैछ।

‘बीसीसीआई’को विज्ञप्ति अनुसार ‘आईपीएल’को मिति सार्वजनिक नभएपनि खेलहरु यही ‘सेप्टेम्बर’ देखि ‘अक्टोबर’ महिना भित्र हुने कुरा निश्चित भएको छ।

‘आईपीएल’ स्थगित हुनु अघि २९ खेल आयोजना हुंदासम्म ‘दिल्ली क्यापिटल्स’ लिगको शीर्ष स्थानमा रहेको छ। ८ खेलमा १२ अंक रहेको दिल्लीलाई पछ्याउंदै ‘चेन्नई सुपर किंग्स’ र ‘रोयल च्यालेन्जर्स बैंगलोर’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?