काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री विषणु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्न परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म वियू पुँजी कर्जा उलब्ध गराइने घोषणा गरेका हुन् ।
सरकारले स्टार्टअप व्यवसायको दर्ता नविकरण तथा अन्य सेवा एकद्वारबाट निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
मिलाइएको छ । स्टार्ट अप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजिकरण गरिने भएको छ । । यसका लागि एक अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया