निर्माणाधीन ‘पोखरा रंगशाला’को निर्माणकार्य यस वर्ष सम्पन्न हुने

काठमाडौं।  नेपाल सरकारले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गरेको छ। त्यसमा खेलकुदतर्फ २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गत आर्थिक वर्ष भन्दा ३८ करोडले वृद्धि भएको बजेटको योजनामा पोखरा रंगशालाको निर्माणकार्य सम्पन्न गर्नु पनि मुख्य प्राथमिकता रहेको छ।

अन्तराष्ट्रिय स्तरको निर्माणाधीन पोखरा रंगशालाको निर्माणकार्य अहिलेसम्म ८५ प्रतिशत सम्पन्न भैसकेको छ। कोरोना महामारीको निषेधाज्ञा बिच पनि काम अघि बढिरहेको पोखरा रंगशालामा ‘भीआईपी प्यारापेट’तर्फको निर्माणकार्य तिब्र रुपमा अघि बढ्दै छ। ‘भीआईपी प्यारापेट’मा छानो हाल्ने काम पनि अहिले भइरहेको देख्न सकिन्छ।

हाल १६,५०० दर्शक क्षमता भएको पोखरा रंगशालामा यस वर्षको अन्त्यसम्म क्षमता वृद्धि भएर २०,००० दर्शक क्षमता पुग्ने बताइएको छ।

त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले गण्डकी प्रदेशमा हुने भनिएको ‘९औं राष्ट्रिय खेलकुद’ पनि यसै वर्ष आयोजना गरिने जानकारी दिएका छन्। कोरोना महामारीकै कारण तोकिएको समयमा सञ्चालन हुन नसकेको ‘९औं राष्ट्रिय खेलकुद’ यस वर्ष आयोजना हुने पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?