काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रि दर १४१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रिदर ८९ रुपैयाँ ७४ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ २८ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया