सुदूरपश्चिम सरकार पुनर्गठन भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै, महत्वपूर्ण निर्णय लिने

लोकपथ
133
Shares

धनगढी-टेकसिंह धामी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नेपाली कांग्रेसले आज दिउसो २ बजे बैठक दलको बैठक बोलाएको हो।

गत शुक्रवार प्रदेश सरकारमा पुनर्गठित मन्त्रीमण्डल लगायत अन्य विभिन्न विषयमा छलफल तथा निर्णय गर्नका लागि बैठक बोलाइएको कांग्रेस संसदीय दल सुदूरपश्चिमले जनाएको छ।

कोरोना महामारी नियन्त्रणमा उदासिन बनेको प्रदेश सरकार सत्ता जोगाउन तर्फ मात्रै लागिरहेको सुदूरपश्चिम नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए।

अहिले प्रदेशका आमा नागरिक अक्सिजन अभावमा तड्पिरहे पनि सरकारको ध्यान भने आफ्नै कुर्चीतर्फ मात्रै गएको आरोप उनको छ।

तीन वर्ष फुर्सदमै विताएको प्रदेश सरकारले महामारी नियन्त्रण गर्नका लागि अस्पतालमा वेडको समेत व्यवस्था गर्न नसकेको संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले बताए।

यस्तो अवस्थामा पनि सरकार गम्भीर नबनेका कारण केही महत्वपुर्ण निर्णय गर्नका लागि बैठक बोलाएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?