काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नुवाकोट जिल्लाको लागि सरकारले ३ अर्ब भन्दा बढी रकम छुट्याएको छ ।
सरकारले नुवाकोटलाई ३ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये विदुर नगरपालिकाले सबैभन्दा धेरै ६० करोड ३९ लाख रुपैयाँ पाएको छ । त्यसैगरी तारकेश्वर गाउँपालिकाले २३ करोड ४ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएको छ ।
त्यस्तै बेलकोटगढी नगरपालिकाले ४८ करोड ४५ लाख, ककनी गाउँपालिकालाई ३२ करोड २६ लाख विनियोजन गरिएको छ ।
कुन पालिकालाई कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया