काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
साँझ ५ बजेका लागि बैठक बोलाइए पनि नेताहरुको व्यस्तताको कारण बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार बजेटका समिक्षामा अन्य नेताहरु व्यस्त हुने भएकाले बैठक स्थगित गरिएको हो ।
‘आज बैठक बस्ने भनिएपनि नेताहरुको व्यस्तताको कारण बैठक स्थगित गरिएको छ । नेताहरु बजेटको समिक्षामा लागेकाले आज संभव नभएको हो ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया