उपप्रधानमन्त्री पोखरेलले लिए उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।

यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने ।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?