झण्डै २ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । सप्तरीमा प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका-१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका-५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ३ सय ९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?