काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती छ भन्नेहरुप्रति कटाक्ष गरेका छन् ।
आइतवार (आज) राति सामाजिक सञ्जालमा लेख्दै बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ भनेर दावी गर्ने नेताहरुले कार्यान्वयन गर्न सहयोग नगर्नु भनेर कर्मचारीलाई उकास्नेगरी विज्ञप्ति निकाल्ने कुराको अन्तर्य त स्पष्टै हुने भन्दै आपत्ति जनाएका छन् ।
उनले भने- ‘बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ भनेर दावी गर्ने नेताहरुले कार्यान्वयन गर्न सहयोग नगर्नु भनेर कर्मचारीलाई उकास्नेगरी विज्ञप्ति निकाल्ने कुराको अन्तर्य त स्पष्टै छ नि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया