नाओमी ओसाकालाई १५,००० अमेरिकी डलर जरिवाना

काठमाडौं।  टेनिस ‘सुपरस्टार’ नाओमी ओसाकालाई १५,००० अमेरिकी डलर जरिवाना गरिएको छ। ‘फ्रेन्च ओपन पोस्ट म्याच प्रेस कन्फरेन्स’मा अनुपस्थित भएको कारणले उनलाई जरिवाना लगाइएको हो।

२३ वर्षीय जापानी खेलाडी ओसाकाले फ्रेन्च ओपन प्रतियोगिता अगाडि नै मिडियालाई बहिस्कार गर्ने कुरा सार्वजनिक गरेकी थिइन्। “मिडियाले मलाई मानसिक रूपमा तनाव दिन्छ”, उनको भनाई थियो।

विश्व नम्बर २ ओसाकाले गए राति पहिलो चरणको खेलमा रोमानियन मारिया ट्यागलाई ६-४, ७-६ (७/४) को सेटले पराजित गरेपछि उनले मिडियासँग अन्तर्वार्ता गरिनन्। त्यसै कारण उनलाई ‘म्याच रेफ्री’ले जरिवाना लगाएका हुन्।

‘फ्रेन्च टेनिस फेडेरेसन’का अध्यक्ष गाइल्स मोरेटनले ओसाकाको यस्तो व्यवहार ‘ठूलो गल्ती’ र ‘अस्वीकार्य’ रहेको बताएका छन्। ‘४ ग्रान्ड स्ल्याम इभेन्ट’, फ्रेन्च ओपन, विम्बेल्डन, अष्ट्रेलियन ओपन र यु.एस. ओपनले पनि ओसाकाको यस्तो व्यवहार माथि चिन्ता व्यक्त गरेको छ। ‘ग्रान्ड स्ल्याम इभेन्ट’ले ओसाकालाई उनको यस्तो कदमले खेलको नियमलाई नै उलंघन गर्ने जानकारी पनि दिएको छ। त्यस्तै उनले यस्तो व्यवहार नछोड्ने हो भने प्रतियोगिताबाटै उनलाई बर्खास्त गर्ने सकिने चेतावनी पनि दिइएको छ।

ओसाकाले यसै वर्ष ‘लौरेस स्पोर्ट्स अवार्ड’ प्राप्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?