नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको कानुनी सल्लाहकारमा अधिवक्ता गोकर्ण पुडासैनी नियुक्त भएका छन् ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले मातहतको त्रिशुली अस्पतालको कानुनी सल्लाहकारमा पुडासैनीलाई नियुक्त गरेको हो ।
लामो समयदेखि सामाजिक काममा लाग्दै आएका पुडासैनी केहि समयदेखि जर्सी ओभरसिज एण्ड ह्याण्डिक्याप इन्टरनेशनलको आर्थिक सहयोगमा अपांग मानव अधिकारमञ्चको साझेदारीमा समन्वय गरी त्रिशुली अस्पतालमा विभिन्न सहयोग पुर्याउँदै आएका थिए । उक्त अपांग मञ्चले सञ्चालन गरेको कोभिड प्रतिकार्य परियोजनाका कार्यक्रम अधिकृत समेत रहेका अधिवक्ता पुडासैनीले महामारीका बेला अस्पतालमा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग उपलब्ध गराएका थिए ।
पुडासैनीले कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत अस्पताललाई पीपीई सेट, अपांग मैत्री खानेपानी धारा आइसी कर्नर र बृहत क्षती योजना निर्माण साथै कोभिड संक्रमित स्वास्थ्यकर्मीहरुलाई आर्थिक सहयोग समेत उपलब्ध गराएका थिए ।
उनको सहयोग साथै समन्वयात्मक तरिकाबाट काम गर्ने क्षमतालाई कदर गर्दै थप जिम्मेवारी दिइएको अस्पताल अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । कोरोना महामारीको समयमा अस्पताललाई थप सहयोग पुग्न सक्ने साथै स्वास्थ्यकर्मीहरुलाई थप हौसला प्रदान हुने विश्वास लिएको मेसु डा. दिपेन्द पाण्डेले बताए ।
करिब १ दशकदेखि कानुन व्यवसायीमा लागेका र हाल जिल्ला अदालत नुवाकोटमा कानुन व्यवसायीको काम गर्दै आएका छन् । आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक तरिकाले निर्वाह गर्ने र महामारीका बेला स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलको साथ काम गर्न सदैव हौसला दिने अधिवक्ता पुडासैनीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया