काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।
सोमवार (आज) बिहान ९ बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको छ । जसमा २ सय जनप्रतिनिधि सहभागी भएका थिए । भने ३ जना अनुपस्थित रहेका छन् । स्थानीय तर्फबाट ७२ महिलार १०८ पुरुषले मतदान गरेका छन् । भने प्रदेशतर्फ ३० जना महिला र ५० जना पुरुष गरी ८० जनाले मतदान गरेको प्रदेश मतदान कार्यालयले जनाएको छ । त्यसैतगरी कोरोना संक्रमितमध्ये प्रदेशका ३ र स्थानीय तहका २४ जनाले मतदान गरेका छन् ।
मतदानमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, बाँके नरैनापुरका गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक थापा अनुपस्थित रहेका थिए ।
मतदान सकिसँगै केहिबेरमा मतगणना शुरु हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन् । आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो ।
उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी९जसपा० र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया