लुम्बिनीमा २७ कोरोना संक्रमित जनप्रतिनिधिले गरे मतदान

काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमवार (आज) भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो ।

जसमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । ।

यस्तै मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको छ । जसमा स्थानीय तहतर्फक ३ जनप्रतिनिधि सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?