काठमाडौं । हङ्कङकी एक शिक्षिकाले गत आइतवार सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी छिन् ।
४५ वर्षीया चाङ यीन हुङले २५ घण्टा ५० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुग्दै सो कीर्तिमान बनाएकी हुन्। उनले यसअघि नेपाली आरोहीले राखेको कीर्तिमानभन्दा १२ घण्टा कम समयमा आरोहण गरेकी हुन्।
‘उच्च लक्ष्य लिँदा अपेक्षा पनि उच्च राख्नुहोस्,’ सगरमाथाबाट फर्किएर उनले पत्रकारहरूलाई बताइन्।
‘मलाई खुसी महसुस भएको छ किनभने म कीर्तिमान भङ्ग गर्नेभन्दा पनि आफैँलाई चुनौती दिन चाहन्थेँ’, उनले भनिन्।
उनले दिउँसो १:२० बजे आधारशिविरबाट उकालो लागेकी र अर्को दिन दिउँसो ३:१० मा शिखरमा पुगेकी बताइएको छ। सामान्यतया आरोहीहरूले आधारशिविरमाथिका स्थानमा केही दिन बिताउने गर्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया