नेपालविरुद्ध चाइनिज ताइपेइ : समिक्षा

काठमाडौं।  ‘फिफा विश्वकप २०२२’ तथा ‘एसिया कप २०२३’ छनोट अन्तर्गत आज ‘बिहीवार’ नेपालले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ। कुवेतको ‘जबर अल- हमद अन्तराष्ट्रिय रंगशाला’मा हुने आजको खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ।

विश्वकप छनोटका लागि नेपालको सम्भावना न्यून रहेपनि एसिया कप छनोटका लागि भने ढोका खुल्लै रहेको अवस्था छ। नेपाल आफ्नो बाँकि तीन खेलमा जित निकाल्दै एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने मौका बलियो बनाउन चाहन्छ।

बुधवार भएको ‘प्रि-म्याच कन्फरेन्स’मा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ताइपेइविरुद्धको खेलमा जित अपरिहार्य रहेको बताएका छन्। उनले कुवेतको मौसममा फुटबल खेल्न दुवै टोलीलाई असजिलो भएपनि नेपाल जितकै लागि मैदान प्रवेश गर्ने कुरा व्यक्त गरेका छन्।

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा हार बेहोरेको नेपालले सो खेलबाट निकै सकारात्मक कुरा सिकेको र त्यो अनुभव ताइपेइविरुद्धको खेलमा देखिने कुरा पनि अल्मुताइरीले बताएका छन्। अधिकांश युवा खेलाडी सम्मिलित नेपाली टोलीमा धैर्यता र विश्वास गर्न उनले नेपाली फुटबल समर्थकलाई पनि आग्रह गरेका छन्।

त्यस्तै चाइनिज ताइपेइका प्रशिक्षक भोम का-न्हुमले नेपालको ‘अट्याक’ र ‘डिफेन्स’ दुवै सन्तुलित रहेपनि आफ्ना युवा खेलाडीबाट राम्रो प्रदर्शनको आशा राखेको बताएका छन्। कुवेतको मौसम नै आफ्नो टोलीको मुख्य चुनौती रहेको पनि भोमले बताएका छन्।

समूह ‘बी’ मा रहेको नेपालले ५ खेल खेल्दा मात्र १ जित निकालेको छ। बाँकि ४ खेलमा हार बेहोरेको नेपालको एकमात्र जित सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध नै आएको थियो। त्यसबेला अन्जन विष्टले दुवै गोल गरेका थिए। उता चाइनिज ताइपेइ ५ खेल खेल्दा अंक तालिकाको पुछारमा रहेको छ। ताइपेइ अहिलेसम्म जितविहिन छ।

हेड टू हेड

नेपाल १-१ चाइनिज ताइपेइ
चाइनिज ताइपेइ ०-२ नेपाल

समूह ‘बी’ मा

नेपाल

जित :
हार :
गोल फर :
गोल अगेन्स्ट : १६
स्थान :

 

चाइनिज ताइपेइ

जित :
हार :
गोल फर :
गोल अगेन्स्ट : २५
स्थान :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?