१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । बर्दियामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-९ बेलटाँडी गाउँ बस्ने ५७ वर्षीय कर्ण बहादुर कामीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कामीले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ताराताल र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?