काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।
अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए । उनले कारणबारे भने केहि खुलाएका छैनन् ।
पार्टी विवादबारे छलफलका लागि बुधवारका लागि बोलाइएको बैठक दुई पटक सारेर आजका लागि बोलाइएको थियो ।
यसअघि मंगलवार बसेको बैठकले बजेटको समिक्षा साथै पार्टी एकताको लागि अन्तिम अवस्थासम्म छलफल गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया